शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

भदौमा ४२० अंकले ओरालो लागेको नेप्से असोजको पहिलो कारोबारमा ४ अंकले घट्यो, अब उचाइ लेला?

images
बुधबार, असोज २ २०८१
images
भदौमा ४२० अंकले ओरालो लागेको नेप्से असोजको पहिलो कारोबारमा ४ अंकले घट्यो, अब उचाइ लेला?
images
images

काठमाडौं- भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनाको पहिलो कारोबारमा पनि ओरालोतिर नै देखिएको छ। बुधबार वृद्धितर्फको अपेक्षाविपरीत उतारचढावबीच बजार ओरालो नै लागेको हो। 

images
images
images

बुधबार ४ अंकले घटेर सेयर बजार २५७६.७६ बिन्दुमा झरेको छ। ७४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौको अन्तिम कारोबारमा गएको सोमबार २५८०.७६ बिन्दुमा झरेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएर ओरालोतिर नै लाग्यो। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार ५०.७३ अंकले घटेर बजार २६३७.७९ बिन्दुमा पुगेको थियो। सोमबार ५७.०३ अंकले घटेर बजार २५८०.७६ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजार बुधबार उतारचढावबीच ओरालोमा नै देखिएको हो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा लगानीकर्ताले राखेका छन्। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन।  अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा अहिले धरमरम भइरहेको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन। 


प्रकाशित : बुधबार, असोज २ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend