आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एमजी जेडएस ईभीमा ल्याएको विशेष 'नाडा-दसैँ अफर' सेप्टेम्बर २० सम्ममात्रै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १ २०८१
एमजी जेडएस ईभीमा ल्याएको विशेष 'नाडा-दसैँ अफर' सेप्टेम्बर २० सम्ममात्रै

काठमाडौं- एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा अटो शो र दसैँ लक्षित गरि ल्याएको विशेष अफर चाँडैनै सकिएको जनाएको छ। कम्पनीले जेडएस ईभी डिलक्समा विशेष अफर ल्याएको थियो। 

एमजी मोटर्सको १ सय वर्ष पूरा भएको अवसरमा जेडएस ईभीमा अक्टोबर ५ सम्म विशेष अफर दिने बताएको थियो। अब उक्त अफर सेप्टेम्बर २० सम्ममात्र लागु हुने कम्पनीले जनाएको छ। 

चाडपर्वको समयमा उपभोक्ताले एमजी जेडएस ईभी ४६ लाख ९९ हजार खरिद गर्न सक्ने पारामाउन्ट मोटर्सको भनाइ छ। 

एमजी जेडएस ईभी डिलक्समा उत्कृष्ट सुरक्षा विशेषताहरू रहेका छन्। जसमा छ वटा एयरब्याग, अटो होल्ड, हिल लन्च असिस्ट, फ्रन्ट कोलिज़न वार्निङ र स्पीड असिस्टेंस सिस्टम समावेश छन्। यसमा एडास लेभल २ प्रविधि र वायरलेस चार्जिङको सुविधा पनि उपलब्ध छ।

'हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौँ। अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौँ। भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रूममा पुग्नको लागि प्रोत्साहित गर्दछौँ,' पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, 'सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौँ। दसैँअघि हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुईवटा सेवा केन्द्र खोल्नेछौँ,' उनले थपे।

पारामाउन्ट मोटर्स नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातक हो, जसले उत्कृष्ट गाडी र अत्युत्तम ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ। नवप्रवर्तन र उत्कृष्टतामा ध्यान केन्द्रित गर्दै, पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट अटोमोटिभ समाधान प्रदान गर्ने लक्ष्य राखेको छ। 


प्रकाशित : मंगलबार, असोज १ २०८१११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend