बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला ६ सयले घट्यो

images
मंगलबार, असोज १ २०८१
images
रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला ६ सयले घट्यो

आइतबारको तुलनामा सोमबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार भने ओरालो लागेको छ।

images
images
images

गएको शुक्रबारयता लगातार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार ओरालो लाग्दै प्रतितोला ६ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार ७ सय रूपैयाँ कायम भएको छ।

images
images

शुक्रबारको कीर्तिमानी बिन्दुबाट उकालो लाग्दै यो साता आइतबार सुन प्रतितोला ५ सयले बढेर १ लाख ५६ हजार ८ सय रूपैयाँ पुगेको थियो। सोमबार सुनको मूल्य तोलामा पाँचसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार भने मूल्य घटेको हो।

images
images

आइतबारको तुलनामा सोमबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १० रूपैयाँले घटेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, असोज १ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend