शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images
कोरोना संक्रमण

उपत्यकामा १८ बुँदे नयाँ आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने, अत्यावश्यक हुँदा प्रशासनको अनुमति लिनुपर्ने

images
मंगलबार, पुस २७ २०७८
images
उपत्यकामा १८ बुँदे नयाँ आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने, अत्यावश्यक हुँदा प्रशासनको अनुमति लिनुपर्ने

सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, धेरै मानिस जम्मा हुने कामहरू नगर्न, अत्यावश्यक काममा प्रशासनको अनुमति लिनुपर्नेलगायत १८ बुँदे नयाँ जारी गरेको हो। 

images
images

काठमाडौं- उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ। 

images
images
images

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको बैठकले कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो।

images
images

प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, धेरै मानिस जम्मा हुने कामहरू नगर्न, अत्यावश्यक काममा प्रशासनको अनुमति लिनुपर्नेलगायत १८ बुँदे नयाँ जारी गरेको हो। उपत्यकाका तीनै जिल्लामा उही आदेश जारी भएको हो। 

images
images

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ। अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ।

यस्ता छन् आदेश-

cov (2).jpg
cov (3).jpg
cov (1).jpg

 


प्रकाशित : मंगलबार, पुस २७ २०७८१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend