बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

images
बुधबार, भदौ २६ २०८१
images
प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुग्दा चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- प्रतितोला एक हजार रूपैयाँले बढेर बुधबार नेपाली बजारमा सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

images
images
images

यो साता आइतबार प्रतितोला एक हजार दुईसय रूपैयाँले घटेर सोमबार र मंगलबार सामान्य वृद्धि भएको सुनको मूल्य बुधबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ५३ हजार चारसय रूपैयाँ पुगेको छ।

images
images

यसअघि गएको शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो। यो साता बुधबार पुन: सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

images
images

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। सोमबार र मंगलबार दुई दिनमा प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ८० रूपैयाँ कायम भएको छ।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँ तोकिएको थियो।


प्रकाशित : बुधबार, भदौ २६ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend