शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

११७ वर्षको इतिहासमा रोल्य रोयसले २०२१ मा बेच्यो सबैभन्दा धेरै कार

मंगलबार, पुस २७ २०७८
११७ वर्षको इतिहासमा रोल्य रोयसले २०२१ मा बेच्यो सबैभन्दा धेरै कार

रोल्स रोयसले २०२१ मा ५ हजार ५ सय ८६ वटा कार बिक्री गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो।

काठमाडौं- विश्वको सबैभन्दा विलाशी कार निर्माता मध्येको एक रोल्स रोयसले २०२१ मा हालसम्मकै धेरै कार बिक्री गर्न सफल भएको छ।

जर्मन कार निर्माता कम्पनी बीएमडब्लूको स्वामित्वमा रहेको रोल्स रोयसले २०२१ मा ५ हजार ५ सय ८६ वटा कार बिक्री गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो। 

कोरोना महामारीकै बीच रोल्स रोयसले आफ्नो १ सय १७ वर्से इतिहासमा पहिलोपटक वार्षिक बिक्री संख्या हालसम्मकै उच्च कामय गर्न सफल भएको रोयटर्सले लेखेको छ। रोल्स रोयसका कार विश्वका ५० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। 

विलाशी कारका उपभोक्ता उल्लेख्य रुपमा नबढेपनि भएका उपभोक्तलाई उनीहरुको आवश्यकता पूर्ति गर्नेगरि कार बनाउन सफल भइकाले सो संख्यामा बिक्री हासिल भएको रोल्स रोयसका सीईओ टोस्र्टन मुलरले बताएका हुन्। 

चीन र अमेरिकी क्षेत्रमा रोल्स रोयसका कारको माग २०२१ म हालसम्मको उच्च रहेको कम्पनीले जनाएको छ। 
२०२१ मा रोल्स रोयसको साथै बीएमडब्लूका कारको बिक्री समेत हालसम्मकै धेरै भएको हो। 


प्रकाशित : मंगलबार, पुस २७ २०७८०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend