शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बिक्री भयो साङयोङ मोटर, इडिसन मोटरले किन्यो २५ करोड ४६ लाख डलरमा

सोमबार, पुस २६ २०७८
बिक्री भयो साङयोङ मोटर, इडिसन मोटरले किन्यो २५ करोड ४६ लाख डलरमा

गएको वर्ष साङयोङको कार बिक्री २१ प्रतिशतले घटेर ८४ हजार ४ सय ९६ मा सीमित भएको थियो।

काठमाडौं- दक्षिण कोरियाली विद्युतीय कार निर्माता कम्पनी इडिसन मोटर कम्पनीको नेतृत्व गरेको एक समूहले साङयोङ मोटर खरिद गरेको छ। सोमबार कोरियाली एसयूभी निर्माता कम्पनी साङयोङले सोमबार आफू बिक्री भएको घोषणा गरेको हो। 

विविध कारणले टाट पल्टिएको साङयोङ मोटर इडिसन मोटर्सले २५ करोड ४६ लाख ५० हजार अमेरिकी डलर (३ सय ५ अर्ब ओन) खरिद गरेको हो। साङयोङ उच्च ऋणमा रहेको र गत वर्ष उसको सवारी बिक्री उल्लेख्य गिरावट आएको थियो। गएको वर्ष साङयोङको कार बिक्री २१ प्रतिशतले घटेर ८४ हजार ४ सय ९६ मा सीमित भएको थियो।

२०२१ को जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा साङयोङको सञ्चालन घाटा २ सय ३८ अर्ब ओन घाटामा थियो। यो अवधिमा कम्पनीले १.८ ट्रिलियन ओन आम्दानी गरेको थियो। 

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले साङयोङको ७५ प्रतिशत सेयर खरिद गरेको थियो। महिन्द्राले उक्त सेयर बिक्र गर्न खोजेपनि खरिदकर्ता पाउन नसकेपछि साङयोङ गएको अप्रिलदेखि अदालतको रिसिभरसिपमा रहेको छ। 

२०१० मा महिन्द्राले कोरियन एसयूभी निर्माता साङयोङ गम्भीर आर्थिक संकटमा रहेका बेला ७५ प्रतिशत सेयर खरिद गरेको थियो। सो सेयर खरिद पश्चात पनि साङयोङले अपेक्षाकृत नाफा गर्न नसकेपछि महिन्द्रा केही वर्षअघि देखि नै सेयर  बिक्री गर्न चाहेको थियो। तर अहिलेसम्म त्यो सफल हुन सकेको छैन। 


प्रकाशित : सोमबार, पुस २६ २०७८१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend