मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बैंकमा पैसा थुप्रिन थालेपछि सेयर बजार उकालाे यात्रामा, ३२०० माथि जाने विश्लेषण

images
सोमबार, पुस २६ २०७८
images
images
बैंकमा पैसा थुप्रिन थालेपछि सेयर बजार उकालाे यात्रामा, ३२०० माथि जाने विश्लेषण
images
images

काठमाडौं- बैंकमा पैसा थुप्रिन थालेपछि सेयर बजार उकालाे यात्रामा लागेकाे छ। एक सातामै बैंकमा ५८ अर्ब निक्षेप बढेकाे छ। जसकाे असर सिधा सेयर बजार काराेबारमा परेकाे छ। जसका कारण सेयर बजार बढ्नुकाे साथै काराेबार रकमसमेत बढेकाे छ। 

images
images

गएको साताको पाँच र यो साता आइतबारसहित ६ दिनमा गरेर २४१.०४ अंकले बढेको सेयर बजारमा सोमबार पनि झिनो अंकले बढेको हो। सोमबार उतारचढाव देखिएको बजार १९.४३ अंकले बढेर २७८४.९५ बिन्दुमा पुगेको छ। सोमबार ७ अर्ब १२ करोड रूपैयाँको कारोबार भएको छ। 

images
images

पुष १६ गतेदेखि पुष २३ गतेसम्म निक्षेप ५८ अर्बले बढेर ४२ खर्ब ४९ अर्बबाट ४३ खर्ब ७ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि ९ अर्बले बढेर ४० खर्ब ९९ अर्बबाट ४१ खर्ब ०८ अर्ब पुगेको छ। बैंकहरूको सीडी रेसियो अनुपात पनि सुध्रिएर ८९ं.३९ मा झरेको छ।  

images
images
images

गएको साता १६७.९९ अंकको बढोत्तरी देखिएको सेयर बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार ७३.०५ अंकले बढेको थियो। लगातारको बढोत्तरीले बजार अब ३२०० को बिन्दुमा पुग्ने संकेत देखिएको विश्लेषकहरूले बताइरहेका छन्। 

सेयर विश्लेषक विष्णु प्रसाद बस्याल अबको एक महिनामै बजार ३२ सय अंक माथि पुग्ने दाबी गर्छन्। ‘बजारको ट्रेन्ड हेर्दा अब सबै कुराले सपोर्ट गरेकोले एक महिनामै ३२०० माथि जाने देखिन्छ,’ बस्यालले भने। बजारमा केही करेक्सन आउँदै बढ्ने भएकोले अब बजार बुलको ट्रेन्डमा पुगेकोसमेत बस्याल बताउँछन्। बजार २२०० मै टेको लागेर अगाडि बढेकोले अब पछाडि नफर्कने दाबीसमेत उनको छ। 

गएको साता पनि चार दिन बढेको बजारमा एक दिन भने करेक्सन देखिएको थियो। गएको साता आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार पनि ६३.०१ अंकले बढेको थियो। बुधबार भने ३०.७५ अंकले घटेर बजार २६४९.२० बिन्दुमा झरेको थियो। गएको साता बिहीबार ४३.२९ अंकले बढेर बजार २६९२.४७ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : सोमबार, पुस २६ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend