बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

सुनको मूल्य लगातार स्थिर, चाँदीको सामान्य वृद्धि

images
बिहीबार , भदौ २० २०८१
images
सुनको मूल्य लगातार स्थिर, चाँदीको सामान्य वृद्धि

सुनको मूल्य लगातार तेस्रो दिन स्थिर रहँदा चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा यो साता लगातार तेस्रो दिन पनि स्थिर रहेको छ।

images
images
images

आइतबार र सोमबार सामान्य घटेको सुनको मूल्य मंगलबारयता स्थिर रहेको हो। यो साता मंगलबार र बुधबार प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images
images

यो साता आइतबार सुनको मूल्य प्रतितोला ६ सय र सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो।

images
images

बुधबार ओरालो लागेको चाँदीको मूल्य भने बिहीबार सामान्य बढेको छ। आइतबार र सोमबार सामान्य घटेर मंगलबार स्थिर रही बुधबार प्रतितोला २० रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको हो।

बिहीबार चाँदी प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ २० २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend