शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजारमा फेरि रोकियो उचाइतर्फको यात्रा, ९० अंकले घट्दा १२ अर्ब ९२ करोडको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १९ २०८१
images
सेयर बजारमा फेरि रोकियो उचाइतर्फको यात्रा, ९० अंकले घट्दा १२ अर्ब ९२ करोडको कारोबार
images
images

काठमाडौं- दुई दिन लगातार वृद्धि हुँदै नयाँ उचाइतर्फको संकेत गरेको सेयर बजार पुन: ओरालो लागेको छ। सोमबार देखिएको १२७.३२ अंकको उछाललाई साथ दिनेगरी मंगलबार पनि हरियोमा नै बन्द भएको बजार बुधबार भने घटेको हो।  

images
images
images

बुधबार ९०.७३ अंकले घटेर बजार २७३९.४६ बिन्दुमा झरेको छ। ३१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको बजारमा एउटा कम्पनीको भने मूल्यमा परिवर्तन भएको छैन। 

images
images

लगातार उचाइतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ लागेको थियो। गएको साता समग्रमा २२४.८७ अंकले घटेको बजार यो साताको पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै देखिएको थियो। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा दुई सातायता भने वृद्धि अपेक्षाकृत हुन नसकेको हो। त्यसअघिको साता पनि बजार समग्रमा २६.३५ अंकले घटेको थियो। 

images
images

यो साता आइतबार ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको बजार सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको थियो। मंगलबार ६.९४ अंकले बढेर २८३०.२० बिन्दुमा पुगेको बजार बुधबार ओरालो झरेको हो। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा दुई सातायता उतारचढाव देखिएको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' को अवस्था देखिएर अब अघि बढ्ने विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू बढ्दो बजारप्रतिको विश्वासमा फर्कन सकेका छैनन्। उनीहरू पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।


प्रकाशित : बुधबार, भदौ १९ २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend