शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २६ २०७८
तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

पाल्पा- तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ।

ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ।

तानसेन-६ वडा कार्यालय रहेको भवनमा इ चौतारीले सेवा दिएको छ। कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ। तानसेनका नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए।

कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण ल्याउन थालिएको बताए।

ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा उक्त नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकामा इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ। रासस


प्रकाशित : सोमबार, पुस २६ २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend