शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

इन्द्रनारायण चोङबाङ बने यामाहा ‘रेस फर द एस’का विजेता 

आइतबार, पुस २५ २०७८
इन्द्रनारायण चोङबाङ बने यामाहा ‘रेस फर द एस’का विजेता 

काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू  इन्टरप्राईजेजले दसैंलाई लक्षित गरी सुरु गरेको दसैं स्कीम रेस फर द एस को विजेता इटहरीका इन्द्रनारायण चोङबाङ भएका छन्। 

भदौ १५ गतेबाट सुरु गरिएको यस दसैं स्कीम मंसिर १४ सम्म जारी थियो। ९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै मौटरसाइकल तथा स्कुटरको खरिदामा पनि ग्राहकलाई ८ हजार देखि १ लाख सम्मको तत्काल छुट दिइएको थियो।

त्यसैगरी, स्कीम अवधीभरि मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो।

प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो। 
नेपालभरिबाट लक्की ड्रमार्फत विजेताहरू छनौट गरिएको यस रेस फर द एस स्कीमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क मोटरसाइकल खरिद गरेका थिए। 

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ। 


प्रकाशित : आइतबार, पुस २५ २०७८१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend