शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १४ २०८१
images
अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
images
images

काठमाडौं- बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलर र युरो दुवैको भाउ घटेको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको थियो। 

images
images

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ। बिहीबार एक युरोको खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय भएको छ।

images
images

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि घटेको छ। एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७७ रुपैयाँ ४५ पैसा कायम भएको छ। बिहीबार यस मुद्राको एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको थियो। 

त्यस्तै आज स्वीस फ्याङ्क एकको खरिददर एक रुपैयाँ ५८ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३९ पैसा कायम भएको छ। त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा रहेको छ। यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ४० पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम भएको छ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ।

आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ। साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ सात पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा कायम भएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ एक पैसा रहेको छ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ ५६ पैसा रहेको छ 

त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ। राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ। 


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend