शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

निसानका गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने

images
बिहीबार , भदौ १३ २०८१
images
निसानका गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने

महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी खरिद गर्नेलाई ९.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ। 

images
images
images

बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेगरी सम्झौता भएको हो।

images
images

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सोबराबरको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ।

images
images

विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सोबराबरको कर्जा बैंकले प्रदान गर्ने जनाएको छ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend