शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बुलतर्फ लागिरहेको सेयर बजार धरमरायो, पर्ख र हेरको सोचमा लगानीकर्ता

यो साता २२४ अंकले घट्यो बजार, आउने साता के होला?

images
बिहीबार , भदौ १३ २०८१
images
बुलतर्फ लागिरहेको सेयर बजार धरमरायो, पर्ख र हेरको सोचमा लगानीकर्ता

गएको साता समग्रमा २६.३५ अंकले घटेको सेयर बजार यो साता २२४.८७ अंकले घटेको छ। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा गएको सातायता भने वृद्धि थामिएको हो।

images
images

काठमाडौं- गएको साता समग्रमा २६.३५ अंकले घटेको सेयर बजार यो साता २२४.८७ अंकले घटेको छ। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा गएको सातायता भने वृद्धि थामिएको हो। 

images
images
images

साताको अन्तिम कारोबारमा बिहीबार ३६.८३ अंकले घटेर बजार २७४९.५७ बिन्दुमा झरेको छ। ५३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साताको पहिलो कारोबार नै ओरालोतिर नै देखिएको थियो। आइतबार ७९.८८ अंकले घटेर बजार २८९४.५७ बिन्दुमा झरेको थियो। सोमबार बन्द रहेको बजार मंगलबार १११.९६ अंकले घटेको थियो भने बुधबार ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा पुगेको थियो।

images
images

गएको साता समग्रमा २६.३५ अंकले घटेको सेयर बजार त्यसअघिको साता भने समग्रमा २३४.४३ अंकले बढेको थियो। जुन साता २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबारसमेत भएको थियो।

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार अहिले उच्च बिन्दुतर्फ बढिरहँदा उतारचढाव देखिन थालेको छ। बजारको लगातारको वृद्धिपछिको अहिलेको अवस्थालाई 'करेक्सन' नै मान्नुपर्ने विश्लेषकहरूको तर्क छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धरमर गरिरहेको छ। 

बजार गएको सातायता धरमर भए पनि लगातार राम्रो देखिएको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा केही समय बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब छिटै नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। गएको सातायताको बजारले समग्र वृद्धिको चक्रमा केही विश्राममात्र देखाएको उनीहरूको भनाइ छ। लगानीकर्ताहरू भने अहिले बजार अनुमानबाहिर रहेकाले पर्ख र हेरको सोचमा नै देखिन्छन्। 


प्रकाशित : बिहीबार , भदौ १३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend