आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

किसानका उत्पादन बजारसम्म पुर्‍याउन कृषिउपज केन्द्र सञ्चालन

बुधबार, भदौ १२ २०८१
किसानका उत्पादन बजारसम्म पुर्‍याउन कृषिउपज केन्द्र सञ्चालन

किसानले उत्पादन गरेका प्रांगारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पुर्‍याउने हेतुले कृषिउपज केन्द्र सञ्चालनमा ल्याइएको हो।

तनहुँ- ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्रांगारिक कृषि उपजलाई बजारसम्म पुर्‍याउन तनहुँको व्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको छ। 

व्यास नगरपालिका-१३ मा रहेका किसानले उत्पादन गरेका प्रांगारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पुर्‍याउने हेतुले व्यास-३ मालपोत लाइनमा आजदेखि कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो।

व्यास-१३ का किसान आबद्ध गाउँविकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आलेले जानकारी दिए।

कृषि उपज केन्द्रमा सहकारीमा आबद्ध किसानले उत्पादन गरेको आलु, बोडी, तरुल, पिँडालु, फर्सी, करेला, निगुरो, काँक्रो लगायतका तरकारी सुपथ मूल्यमा पाइने केन्द्रले जनाएको छ। करिब पाँच लाख रूपैयाँ खर्चिएर केन्द्र सञ्चालन गरिएको हो।

साना किसानलाई प्रोत्साहन र स्वस्थकर कृषि उत्पादनमा लाग्न व्यास-१३ को कार्यालयले विशेष कार्यक्रम नै बनाएर अघि बढेको व्यास-१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले जानकारी दिए।

प्रांगारिक कृषि उपजलाई प्रोत्साहन गरी साना किसानलाई संरक्षण गर्न व्यास नगरपालिकाको कार्यालयले मासिक भाडा तिर्ने गरी कृषि उपज केन्द्रको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए।

व्यास नगरपालिका क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ व्यास नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend