आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

५० प्रतिशत अनुदानमा कैलालीका १६० किसानलाई कृषियन्त्र वितरण

मंगलबार, भदौ ११ २०८१
५० प्रतिशत अनुदानमा कैलालीका १६० किसानलाई कृषियन्त्र वितरण
फाइल तस्बिर

अनुदान पाउनका लागि निवेदन दिएका किसानमध्ये अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसानलाई छनोट गरेर कृषियन्त्र उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कैलाली- कृषि ज्ञान केन्द्रले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ। केन्द्रले गत आव २०८०/८१ मा जिल्लामा रहेका एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरेको हो।

कृषि यान्त्रिकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभइ व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले जिलाका किसानलाई कृषियन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्याम जोशीले बताए।

ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरिएको उनले बताए। गत आर्थिक वर्षमा मिनी ट्रेलर ४८, मोटर ६८, रिपर २६, हैरो १२, कल्टीभेटर दुई, बताउने पङ्खा दुई र भ्याज ह्वील दुई किसानलाई कृषियन्त्र वितरण गरिएको सूचना अधिकारी जोशीले बताए।

सो कार्यक्रमका लागि गत आवमा ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएकामा ४४ लाख रूपैयाँका कृषियन्त्र खरिद गरी किसानलाई वितरण गरिएको जोशीले जानकारी दिए। किसानलाई वितरण गरेको कृषियन्त्रले खेती गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। अनुदानमा कृषियन्त्र पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सकिने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा परिवर्तन आउने उनको भनाइ छ।

अनुदानका कार्यक्रमले धान, गहुँ, तरकारीको क्षेत्रफल बढ्नुका साथै उत्पादनमा समेत वृद्धि भइरहेको ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ। ज्ञान केन्द्रले किसानलाई कृषि गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको छ।

अनुदान पाउनका लागि निवेदन दिएका किसानमध्ये अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसानलाई छनोट गरेर कृषियन्त्र उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ।

ज्ञान केन्दले जिल्लामा किसानको मागका आधारमा परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी अनुदानका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कृषिको व्यावसायिक खेतीका लागि समूह र सहकारीमा आबद्ध किसानलाई अनुदानका कार्यक्रममा समावेश गरिएको ज्ञान केन्दले जनाएको छ।

ज्ञान केन्दले बृहत विशेष कृषि विकास कार्यक्रमअन्तर्गत आलु प्रवर्द्धन कार्यक्रम, रैथाने बाली संरक्षण, बेमौसमी तरकारीखेती, च्याउखेती, चैते धानलगायतका अन्य कृषि कार्यक्रम सञ्चालन गर्दै जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend