शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

उखु खेतीमा आधुनिक प्रविधि प्रयोगले बढायो आम्दानी, एउटै किसानको ३ लाखले बढ्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २४ २०७८
images
उखु खेतीमा आधुनिक प्रविधि प्रयोगले बढायो आम्दानी, एउटै किसानको ३ लाखले बढ्यो 

'उखु रोप्नका लागि बेर्ना प्रविधि(सिंगल वर्ड) अपनाएको छु' उनले भने,'परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ।'

images
images

कञ्चनपुर- उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले आम्दानी बढाएका छन्। पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लागेका उनले अहिले वार्षिक २४ लाख  रुपैयाँ आम्दानी गर्दै आएका छन्। 

images
images
images

'प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष दुई लाखदेखि  तीन लाखका दरले आम्दानी बढदै गएको छ' वडायकले भने, 'इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे  अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु।' 

images
images

छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आएका उनी भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसवुकमा बनाएको समूहमा समेत जोडिएका छन्। उखु उत्पादनका लागि भारतीय किसानले जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागू गर्दै आएको वडायकले बताए। 

images
images

'उखु रोप्नका लागि बेर्ना प्रविधि(सिंगल वर्ड) अपनाएको छु' उनले भने,'परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ।'

वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्नाका साथै गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत गरिरहेका छन्। भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न  जातका उखुको बीउको प्रयोग गर्दै आएका उनले  पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताए। 

'यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ । आम्दानीसमेत त्यही अनुरुप हुन्छ' वडायकले भने,'उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ। नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौं।'

किसानले आधा उखु मिलमा बेचेपछि  मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उनको भनाइ थियो । वडायक जिल्लाकै सफल उखु किसानका रुपमा परिचित  छन्। रासस


प्रकाशित : शनिबार, पुस २४ २०७८०७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend