बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'टाटा ७१२ स्टार बस'मा दक्षिणकालीदेखि हेटौँडाको यात्रा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ५ २०८१
'टाटा ७१२ स्टार बस'मा दक्षिणकालीदेखि हेटौँडाको यात्रा

अत्यन्तै साँघुरो अनि डरलाग्दो घुम्तिहरू भएको उक्त बाटोमा स्टारबस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। चारैतिर पहाड अनि छेवैमा कुलेखानीको विशाल ड्याम बाट फहरा झैँ कञ्चन पानी बगिरहेको थियो।

भनिन्छ, दुई घण्टाको मौखिक अभिव्यक्तिभन्दा उस्तै भावको एउटा तस्बिर कयौँ गुणा बढी शक्तिशाली अनि सम्प्रेषणीय हुन्छ। हो, मलाइ पनि त्यस्तै वास्तविकता झल्कने तस्बिर नै निको लाग्दछ।

कुरा केही समयअगाडिको मात्र हो, जब हामी हाम्रो सिप्रदीको बस टिम काठमाडौंबाट केही किलोमिटरमात्र दुरीमा रहेको दक्षिणकालीको बाटोबाट कुलेखानी भिमफेदी हुदै हेटौँडा निस्कने बाटोमा हाम्रो 'टाटा ७१२ स्टार बस'को टेस्ट ड्राइभ गर्न भनि बिहान सबेरै खाना खाएर सिप्रदीबाट चारजना र दक्षिणकाली यातायातका सम्पूर्ण पदाधिकारी तथा व्यवसायीहरू ३२ जना गरी जम्मा ३६ जना ७१२ गाडी उक्त बाटोमा परिक्षण गर्न भनि बिहान ठीक ११ः३० बजे दक्षिणकालीबाट अगाडि बढयौँ।

हामीलाई पूर्ण विश्वास थियो कि ७१२ गाडीको परीक्षण उक्त बाटोमा सफलताका साथ सम्पन्न हुनेछ भनेर। तर पनि प्रतिस्पर्धीहरूको बलियो पकड रहेको उक्त बाटोमा हाम्रो ७१२ लाई प्रवेश गराउनु भनेको हाम्रो लागि फलामको चिउरा चपाउनु जस्तो नै थियो। तथापी हाम्रो पहिलो चुनौतीपूर्ण प्रयास कस्तो हुने हो भन्ने कुरामा सबैको चासो अनि कौतूहलताका साथै उत्साहले भरिएको थियो।

अत्यन्तै साँघुरो अनि डरलाग्दो घुम्तिहरू भएको उक्त बाटोमा स्टारबस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। चारैतिर पहाड अनि छेवैमा कुलेखानीको विशाल ड्याम बाट फहरा झैँ कञ्चन पानी बगिरहेको थियो। पहाडका कुनाकाप्चा अनि कन्दराहरूबाट चराको चिरबिर आवाजका साथै नदी र झरनाहरू बगिरहेका थिए। हामीहरू सबैजना पनि प्रकृतिका यिनै मनोरम दृष्यहरू नियाल्दै यात्राको आनन्द लिइरहेका थियौँ। 

यत्तिकैमा गाडी छैमलेको उकालोनजिक पुग्दछ, सबै व्यवसायी तथा गाडीमा सवार चालकहरूले यस उकालोमा सबै गाडीहरूले एक गियर खान्छ भन्दै थिए, तर हाम्रो स्टारबसले सहजैसँग दुई गियरमा उक्त उकालो चढेपछि सबैजनाको तालीले केहीबेर त बस नै गुञ्जायमान भयो र व्यवसायीहरूले खुलेर स्टारबसको तारिफ गर्नथाले, हामी पनि व्यवसायीको तालीसँगै हर्षले गदगद भयौँ।

अब पालो थियो उक्त रुटमा गाडी चलाइरहेका अन्य चालकहरूले गाडी टेस्ट गर्ने, यस क्रममा समितिका सबैभन्दा पुराना तथा अनुभवि चालक शिव बस्नेतलाई गाडी चलाउन दिइयो। वर्षौंदेखि त्यस बाटोमा गाडी चलाइरहेका बस्नेतजीले गाडी चलाउन थालेपछि त झन गाडीको पिकअप अनि स्पिड दुबै बढेर आयो, सबैले शिवजि अनि ७१२ को गुणगान गाउदै गन्तव्यतिर अगाडि बढिरहयौँ।

निश्चिन्त हुनुहोस् हाम्रो टाटा बदनाम हुँदैन
यात्रुको रोजाइ व्यवसायीको लगानी खेर जाँदैन

टाटा आखिर टाटा नै हो जहाँ गएपनि
टाटाबाहेक अरुको त भर नै हुँदैन।

अब भने हामीलाई लागिरहेको थियो कि हाम्रो सानो तर निकै नै चुनौतीपूर्ण परीक्षण कार्य सफल भइरहेको छ, साथै सम्पूर्ण व्यवसायीहरूको ७१२ प्रतिको मोह बढिरहेको थियो। गाडीमा सवार ३/४ जनाले पालैपालो गाडी चलाएर हेर्नुभयो र सबैजनासँग कुरा गर्दै उहाँहरूको अनुभव तथा प्रतिक्रिया आफ्नो क्यामेरामा कैद गरिरहेका थियौँ, सबैजनाको प्रतिक्रिया प्रायः एउटै थियो, 'गाडी होस् त टाटा जस्तो।'

बिर्सन त खोज्दछु सम्झना झन आउँछ
जहाँ जहाँ तिमि छौ त्यतै मन धाउँछ।

भन्दै थिए मान्छेले रुँदै थियौ रातमा
आऊ मेरो दिलमा अझै पनि ठाउँ छ।

जतिसुकै यत्नले ढाकछोप गरेपनि
थाहा छ ती ओठमा मेरै नै नाउ छ। 

अब भने हामी परीक्षणको यात्रा लगभग पूरा गरी सकेका थियौँ र सन्ध्याकालमा भिमफेदी हुँदै हेटौँडा निस्केर चितवन सौराहामा आराम गर्न पुगेका थियौँ।

सौराहा बसाइमा भएको रात्रीभोजसँगै भएको व्यापक छलफल तथा अन्तर्क्रियामा दक्षिणकाली समितिका अध्यक्ष तथा उपाध्यक्ष लगायत सबैले टाटा गाडीको प्रशंसा गर्नुभएको थियो। एवं रितले रात्रीभोजसँगै टाटा गाडीको बारेमा विभिन्न छलफल तथा अन्तर्क्रियापश्चात त्यसदिन त्यहीँ होटलमा आराम गरी भोलिपल्ट काठमाडौं फिर्ता भयौँ।

ततपश्चात आजको दिनसम्म आइपुग्दा त्यस समितिमा अन्य पुराना गाडीहरू लगातार रुपमा बिस्थापित गर्दै टाटा गाडीहरू मात्र प्रवेश गराइरहनु भएको छ। हाम्रो सानो प्रयास भव्य रुपमा सफल भएको छ।

म राम्री छु भन्छे नछानौँ कसोरी
सँगै जान्छु भन्छे नतानौँ कसोरी

खुबै मस्तले कर्के लगाउनेलाई
नजरका यी वाण नहानौँ कसोरी

अभिछिन्न याद बनि बस्नेलाई
आफ्नै हो भन्ने नठानौँ कसोरी

यसरी हामी निरन्तर रुपमा नयाँ-नयाँ ठाउँ अनि बाटोमा टाटा गाडी लिएर प्रत्यक्ष रुपमा यात्रुहरू तथा व्यवसायीहरूलाई सहयोग गर्न आइरहने छौँ। सायद अब पालो हजुरको गाउँ अनि ठाउँको पो हो कि?

(यो संस्मरण उक्त यात्रामा संलग्नहरूले लेखेका हुन्।)


प्रकाशित : बुधबार, भदौ ५ २०८११३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend