शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रिमियममा आईपीओ जारी गरेका चारवटै सिमेन्ट कम्पनीको वित्तीय अवस्था नाजुक

दुई कम्पनी चरम घाटामा, दुई कम्पनी नाफामा तर छैन उल्लेख्य प्रगति

images
बुधबार, भदौ ५ २०८१
images
प्रिमियममा आईपीओ जारी गरेका चारवटै सिमेन्ट कम्पनीको वित्तीय अवस्था नाजुक
images
images

काठमाडौं- प्रिमियम आईपीओ जारी गरेका चारवटै सिमेन्ट कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको छ। दुई कम्पनी घाटामा जाँदा दुई कम्पनी नाफामा छन्। नाफामा गएका कम्पनीले पनि उल्लेख्य प्रगति गर्न सकेका छैनन्। 

images
images
images

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर दोस्रो बजारमा समेत राम्रै कारोबार भइरहेका चार सिमेन्ट कम्पनी लगानीकर्तालाई लाभांश बाँड्नमा कमजोर देखिएका छन्। नेप्सेमा सूचीकृत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल र घोराही सिमेन्ट इन्डष्ट्रिजको वित्तीय अवस्था कमजोर देखिएको छ। 

images
images

उत्पादनमूलक उद्योगहरूलाई पब्लिक कम्पनी बनाउने सरकारी प्रयासस्वरुप नै चार सिमेन्ट उद्योगले सर्वसाधारणका लागि आईपीओ जारी गरेका थिए। गतवर्षको वित्तीय विवरणअनुसार चार कम्पनीमध्ये दुई कम्पनी घाटामा रहेका छन्। दुई कम्पनी नाफामा गएपनि उल्लेख्य सुधार गर्न भने सकेका छैनन्। सोनापुर मिनरल्स र घोराही सिमेन्ट चर्को घाटामा रहेका छन्। 

images
images

घोराही सिमेन्ट कम्पनीको खुद घाटा १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा घोराहीको खुद घाटा २८८ प्रतिशतले बढेर १ अर्ब २१ करोड पुगेको हो। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६३ करोड रुपैयाँ खुद नाफा देखाएको थियो। मूल्यह्रास घटाएर कम्पनीलाई नाफामा देखाएको कम्पनीले गत आर्थिक वर्ष आएर पुन: बढाएको छ।

अघिल्लो आर्थिक वर्ष ३३ करोड ७१ लाख रुपैयाँ मूल्यह्रास देखाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ६९ लाख रुपैयाँ देखाएको छ। यस कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ २ सय ७ रुपैयाँ ९३ पैसा रहेको छ। कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ५६८.९० रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको पीइ रेसियो २१.३१ गुणाले ऋणत्मक रहेको छ। 

सोनापुर मिनरल्स गत वर्ष ४६ करोड ९२ लाख घाटामा गएको छ। यस कम्पनी अघिल्लो वर्षको यसै अवधिमा २ करोड ६२ लाख नाफामा थियो। गत वर्षको चौथो त्रैमाससम्ममा यस कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ २४ पैसा रहेको छ। कम्पनीको पीइ रेसियो ३६.०४ गुणाले ऋणात्मक रहेको छ भने दोस्रो बजारमा सेयर मूल्य ५५० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ। 

नाफामा रहेका दुईमध्ये सर्वोत्तम सिमेन्ट लिमिटेडले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो।

आम्दानी बढेपनि बिक्री लागत बढेपछि कम्पनीको खुद नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.५१ प्रतिशत घटेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेका छ भने अन्य आम्दानी २९८.९७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ। ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ९५५ रुपैयाँमा कारोबार भइरहेको छ। जसको पीइ रेसियो २५४.६७ गुणा रहेको छ।

शिवम् सिमेन्टको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५७.९३ प्रतिशत घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँमा कायम भएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सञ्चालन आम्दानी भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। जुन अघिल्लो आवको भन्दा ०.५८ प्रतिशतले कम हो।

अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशतले घटेर १ अर्ब ३ करोड ४८ लाख रुपैयाँमा कायम भएको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। 

यस्तै कम्पनीको अन्य आम्दानी ४५.४१ प्रतिशत घटेर १९ करोड ८५ लाख ४७ हजार रुपैयाँमा कायम गरेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेर ९५ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको दोस्रो बजारमा ७०७ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ। कम्पनीको पीइ रेसियो १४१.९७ गुणा रहेको छ।


प्रकाशित : बुधबार, भदौ ५ २०८१०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend