शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजारमा उभार आउँदा घरजग्गा कारोबारमा भने मूल्य घट्दा पनि देखिएन उत्साह

images
आइतबार, भदौ २ २०८१
images
सेयर बजारमा उभार आउँदा घरजग्गा कारोबारमा भने मूल्य घट्दा पनि देखिएन उत्साह
images
images

काठमाडौं- आर्थिक वर्षको सुरुवातदेखि नै सेयर बजार बढिरहेका बेला घरजग्गा कारोबार भने बढ्न सकेको छैन। पछिल्लो समय बैंकहरूको ठूला प्लटहरू बिक्रीमा आउँदा मूल्य घटेको छ। चार वर्षअघिकै मूल्यभन्दा पनि सस्तोमा देशभर घरजग्गा कारोबार भइरहेको देखिन्छ तर कारोबार भने बढ्न सकेको छैन। 

images
images
images

नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिँदा सेयर बजारमा लगातार कीर्तिमानी कारोबार भइरहँदा साउन महिनामा घरजग्गा कारोबार भने सुस्त देखिएको छ।

images
images

पछिल्लो तीन वर्षदेखि नै बढ्न नसकेको घरजग्गा कारोबार चालुवर्षको सुरुदेखि नै बढ्ने अनुमान गरिएको थियो। तर त्यसअनुरुप कारोबार अघि बढ्न सकेको छैन। 

images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ४३ हजार ८ सय ३५ घरजग्गा कारोबार भएको छ। गतवर्षको भन्दा केही सुधार भएपनि यसलाई खासै सुधार मान्न सकिने अवस्था छैन। गतवर्षको साउनमा ३९ हजार २ सय ६३ घरजग्गा कारोबार भएको थियो। गत असारमा ४६ हजार २ सय ७९ लिखत पास भएको थियो। 

घरजग्गा कारोबारबाट साउनमा ३ अर्ब ८३ करोड ५० लाख राजश्व संकलन भएको छ। गत असारमा ४ अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो। जसमा गतवर्षको साउनमा भन्दा सुधार देखिएको छ। गतवर्ष साउनमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। 

आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४१ हजार ५ सय २ घरजग्गा कारोबार भएको छ। त्यस्तै अघिल्लो २०७९/०८० मा ४ लाख ६३ हजार ३ सय २२ लिखत पास भएको थियो। गत आवमा अघिल्लो आवमा भन्दा ७८ हजार १ सय ८० बढी लिखत पास भएको छ। जुन १४.४३ प्रतिशतले बढी हो।

पछिल्लो समय मूल्य घट्दै गएका कारण कारोबारमा केही सुधार देखिएको भएपनि किनबेच खासै बढ्न भने सकेको छैन। मूल्य घटेर पनि कारोबार केही बढेका कारण सुधार देखिएको अनुमान गरिएको छ। 


प्रकाशित : आइतबार, भदौ २ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend