सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

भोजपुरका किसान बंगुरपालनतर्फ आकर्षित, वार्षिक पाँच लाख रुपैयाँसम्म नाफा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३१ २०८१
भोजपुरका किसान बंगुरपालनतर्फ आकर्षित, वार्षिक पाँच लाख रुपैयाँसम्म नाफा

किसान सुवेदीले पालेका बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन्। सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए।

भोजपुर- भोजपुरका पशुपलक किसान बंगुरपालनतर्फ आकर्षित भएका छन्। व्यावसायिक रूपमा बंगुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।

भोजपुर नगरपालिका-१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख रुपैयाँ खर्चेर १० माउ पोथी र एउटा भाले बंगुरबाट व्यावसायिक रूपमा सुरु गरेको बंगुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए। 

किसान सुवेदीले पालेका बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन्। सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए। 

स्थानीय जातको बंगुरभन्दा उन्नत जातको बंगुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए। उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बंगुर पालेका छन्। स्थानीय जातका बंगुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बंगुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ। 

खेतबारीमा रमाउने किसान सुवेदीले बंगुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन्। उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन्। यो याममा एभोकाडोबाट पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए। स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिएका छन्। 

यसैगरी भोजपुर नगरपालिका-९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बंगुरपालन सुरु गरेका छन्। उनले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेका हुन्। रासस 


प्रकाशित : बिहीबार , साउन ३१ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend