शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रहरीले सकायो ललिता निवास जग्गा प्रकरणको अनुसन्धान, प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो

images
बिहीबार , पुस २२ २०७८
images
प्रहरीले सकायो ललिता निवास जग्गा प्रकरणको अनुसन्धान, प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो

लिखतसम्बन्धी कसुरमा दुई वर्ष लामो अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो। 

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। 

images
images
images

केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीबार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो। लिखतसम्बन्धी कसुरमा दुई वर्ष लामो अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो। 

images
images

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

images
images

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधीवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए। उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए।

‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ। दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरू डिर्पोट गर्छौं। सरकारी वकिल तोक्छौँ। त्यसपछि सरकारी वकिलहरुले अध्ययन गर्नुहुन्छ। अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहीँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ। चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ’ उनले भने।

उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने बताए।


प्रकाशित : बिहीबार , पुस २२ २०७८१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend