शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जापानी प्रविधि कम्पनी सोनी जुर्मुरायो विद्युतीय कार बनाउन

शनिबार, पुस २४ २०७८
जापानी प्रविधि कम्पनी सोनी जुर्मुरायो विद्युतीय कार बनाउन

सोनीले विद्युतीय कार आफ्नै ब्रान्ड नेममा उत्पादन गर्ने वा अन्य कुनै कार निर्मातासँग साझेदारी गर्ने भन्ने विषय भने हालसम्म खुलाएको छैन। 

काठमाडौं- जापानी प्रविधि कम्पनी सोनीले नयाँ स्पोर्टस युटिलिटी भेहिकलको कन्सेप्ट सार्वजनिक गरेको छ। सोनीले कार उत्पादन गर्न नयाँ कम्पनी सोनी मोबिलिटी इंक स्थापना गरिसकेको छ। 

सोनीले आगामी केही महिना भित्र व्यवसायिक बिक्रीका लागि कार उत्पादन गर्ने जनाएको छ। ‘कम्पनीले विद्युतीय कार उत्पादन गरेर अबको केही महिनाभित्र व्यवसायिक उत्पादन सुरु गर्ने गरि काम गरिरहेको छ,’ सोनीका सीईओ किनिचिरो योशिदाले सीईएस अन्जुमर टेक ट्रेड शोमा बताएका हुन्। 

सोनी क्रिएटिभ इन्टरनेटमेन्ट टेक्नोलोजी कम्पनी भएकाले मोबिलिटीको क्षेत्रमा समेत नयाँ ढंगले आउने उनको भनाइ छ। सोनीको कार फाइभजी कनेक्सनसहित प्रच्च प्रविधिमा आधारित हुने दाबी कम्पनीको छ। 

सोनी कम्पनी हाल विद्युतीय सामाग्री र मनोरञ्जन सामान उत्पादनमा विश्वभर परिचित रहेको छ। सोनीले ल्याउने विद्युतीय कारमा एआई (आर्टिपिसियल इन्टेलिजेन्स) र रोबर्टिक प्रविधि प्रयोग हुनेछ। अमेरिकाको लस भेगासमा भएको सीईएसमा सोनीले भिजन-एस ०२, एसयूभी प्रोटोटाइप सार्वजनिक गरेको थियो। 

सोनीले ल्याउने कारमा गेम खेल्न समेत सकिने छ। कम्पनीले कार उत्पादनकै क्रममा इनव्युल गेम राख्ने छ। सोनीको गेम प्लेस्टेनस निक्कै चर्चित मानिन्छ।

सोनीले पहिलो पटक दुई वर्षअघि पनि भिजन-एस ०१ कन्सेप्ट कार सार्वजनिक गरेको थियो। यो कारको परीक्षण पुरोपेली बजारमा २०२० को डिसेम्बरमा भएको थियो। सोनीले भिजन-एस ०१ मै प्रयोग गरेको इभी क्लाउड भिजन-एस ०२ पनि त्यही प्रयोज गर्ने जनाएको छ। 

सोनीले विद्युतीय कार आफ्नै ब्रान्ड नेममा उत्पादन गर्ने वा अन्य कुनै कार निर्मातासँग साझेदारी गर्ने भन्ने विषय भने हालसम्म खुलाएको छैन। 

त्यस्तै सोनीको प्रतिस्पर्धीको रुपमा रहेको एप्पलले पनि आफ्नै विद्युतीय कार उत्पादन गर्ने घोषणा गरिसकेको छ। एप्पलका सीईओले गत वर्ष नै अटोनोमस कार उत्पादन गर्ने बताएका थिए।


प्रकाशित : शनिबार, पुस २४ २०७८०३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend