शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

विदेशी लगानीको लाभांश स्वीकृति तीन वर्षकै न्यून, सबैभन्दा धेरै सूर्य नेपालको

images
मंगलबार, साउन २९ २०८१
images
विदेशी लगानीको लाभांश स्वीकृति तीन वर्षकै न्यून, सबैभन्दा धेरै सूर्य नेपालको

नेपालमा लगानी गरेका विदेशी कम्पनीले लिने यस्तो लाभांश पछिल्लो दुई वर्षमा बढेको थियो। तर गत वर्ष भने यसमा ह्रास आएको उद्योग विभाले जानकारी दिएको छ।

images
images

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ मा पछिल्लो तीन वर्षयताकै न्यून विदेशी लगानीको लाभांश फिर्ताको स्वीकृति भएको छ। विदेशी लगानीको लाभांश लिन-दिनका लागि स्वीकृति दिने निकाय उद्योग विभागका अनुसार पछिल्लो तीन वर्षमा गत वर्ष घटेको पाइएको छ। 

images
images
images

गत वर्ष विभागले १० अर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको लाभांश लैजाने स्वीकृति दिएको छ। विभागको स्वीकृतिपछि नेपाल राष्ट्र बैंकमार्फत् विदेशी लगानीकर्ताले लाभांश दिन्छन्।

images
images

नेपालमा लगानी गरेका विदेशी कम्पनीले लिने यस्तो लाभांश पछिल्लो दुई वर्षमा बढेको थियो। तर गत वर्ष भने यसमा ह्रास आएको उद्योग विभाले जानकारी दिएको छ। 

images
images

नेपालमा लगानी गरेका तथा प्रविधिको सेवा दिएका कम्पनीले लाभांशबापत नेपालमा लिने पैसा घटेपनि लगानी स्वीकृति भने हालसम्मकै उच्च भएको छ। ६ अर्बसम्मको लगानी स्वीकृत गर्ने विभागले गत वर्ष ७० अर्ब स्वीकृत गरेको छ भने ६ अर्बभन्दा बढीको लगानी स्वीकृत गर्ने लगानी बोर्डले २ खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ। 

लगानी सम्मेलन तथा यही बीचमा भएका केही सुधारका कारणले लगानीकर्ताको आकर्षण देखिएको हो। 

सबैभन्दा धेरै सूर्य नेपालको   

लाभांश फिर्ताको स्वीकृति लिनेमा सबैभन्दा धेरै सूर्य नेपालको रहेको छ। सूर्य नेपालमा लगानी गरेको भारतको आईटीसीले ६ अर्ब २५ करोड स्वीकृति पाएको छ। नेपालको चुरोट बजारमा एकाधिकार जस्तै रहेको सूर्य नेपालले सबैभन्दा धेरै लाभांश स्वीकृति पाएको हो। 

त्यस्तै हिन्दुस्तान युनिलिभर १ अर्ब १० करोड स्वीकृति पाएको छ। नेपालमा युनिलिभर नेपालमा रहेको छ। यसले कस्ममेटिक्स तथा अन्य पर्सनल केयरसँग सम्बन्धित उत्पादन गर्दै आएको छ। नेपालको सेयर बजारमा समेत सूचीकृत यो कम्पनीको सेयर मूल्य सबैभन्दा मूल्यवान रहेको छ। 

त्यस्तै बरुण बेभरेजले ६२ करोड स्वीकृति पाएको छ। एसियन पेन्ट्स र ब्रिटानियाले २१/२१ करोडको लाभांश स्वीकृत पाएका छन्। 

लाभांश स्वीकृति पाउने अधिकांश भारतीय कम्पनी रहेका छन्। नेपालबाट धेरै लाभांश लिने एनसेलको भने पछिल्लो समय विवाद हुँदा रोकिएको छ। 


प्रकाशित : मंगलबार, साउन २९ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend