शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होन्डा र डोङफेङबीच साझोदार घोषणा, वार्षिक १ लाख २० हजार विद्युतीय कार उत्पादन गर्ने

बिहीबार , पुस २२ २०७८
होन्डा र डोङफेङबीच साझोदार घोषणा, वार्षिक १ लाख २० हजार विद्युतीय कार उत्पादन गर्ने

यी दुई कम्पनी चीनको उहानमा नयाँ प्लान्ट स्थापना गर्न सहमत भएका हुन्।

काठमाडौं- जापानी कार निर्माता कम्पनी होन्डा मोटर कम्पनी र उसको चिनियाँ साझेदार डोङफेङ मोटरले चीनमा सयुक्त रुपमा विद्युतीय कार उत्पादन गर्ने भएको छ।

यी दुई कम्पनी चीनको उहानमा नयाँ प्लान्ट स्थापना गर्न सहमत भएका हुन्। उहानमा बन्ने नयाँ प्लान्टले वार्षिक १ लाख २० हजार विद्युतीय कार उत्पादन गर्ने छ।

सो प्लान्टबाट २०२४ भित्र विद्युतीय कार उत्पादन सुरु हुने समझदारी होन्डा र डोङफेङबीच भएको छ। जापानको दोस्रो ठूलो कार निर्माता कम्पनी होन्डाले विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ।

होन्डाले चीनमा नयाँ इभी ब्रान्ड सार्वजनिक गर्ने योजना बनाएको थियो। सोही योजना अनुसार होन्डाले चिनियाँ साझेदारमार्फत इःएन सिरिज नाममा विद्युतीय कार ल्याउने भएको हो। 

होन्डा र डोङफेङले चीनमा १० मोडलका विद्युतीय कार सार्वजनिक गर्ने योजना बनाएका छन्। 


प्रकाशित : बिहीबार , पुस २२ २०७८०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend