शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको नाफामा भारी वृद्धि

images
आइतबार, साउन २७ २०८१
images
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको नाफामा भारी वृद्धि
images
images

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको खुद नाफा उल्लेख्य बढेको छ।  

images
images
images

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.३८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ।

images
images

१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्यांकन जगेडामा ६० करोड रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, साउन २७ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend