सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

च्याउखेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्छिन् फर्सेकी सावित्री

आइतबार, साउन २७ २०८१
च्याउखेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्छिन् फर्सेकी सावित्री

'हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु', उनले भनिन्।

पर्वत- जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्।

विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छिन्।तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन्।

'च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन', उनले भनिन्। गोब्रे च्याउ प्रतिकेजी पाँचसय रूपैयाँ र कन्ये  दुईसय रूपैयाँमा बिक्री हुँदै आएको छ।

कच्चा पदार्थसहितका सामग्री तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनियाँ पनि उत्पादन गर्दै आएकी छिन्।

'हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु', खत्रीले भनिन्। श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पुर्‍याउने गरेको उनले सुनाइन्।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताइन्। 'गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ', उनले भनिन्। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend