शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

तोकियो उखुको मूल्य, किसानले प्रतिक्विन्टल ५९० रुपैयाँ पाउने

बुधबार, पुस २१ २०७८
तोकियो उखुको मूल्य, किसानले प्रतिक्विन्टल ५९० रुपैयाँ पाउने

बुधबारको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको हो।

काठमाडौं- बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ* तोकेको हो। उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो।  

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो। किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ तोक्न माग गरेको थियो।

उद्योगीहरुले भने ५८० रुपैयाँ प्रतिक्विन्टल हुनुपर्ने जिकिर गर्दै आएका थिए। उखुको मूल्य निर्धारणमा ढिलो भयो भन्दै किसानहरुले आन्दोलन समेत सुरु गरेको थिए।

*प्रतिक्विन्टल ५९० हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको। 


प्रकाशित : बुधबार, पुस २१ २०७८१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend