शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकबीच सूचकमा अब्बल बन्ने प्रतिस्पर्धा, कुनको सेयर किन्दा के फाइदा?

images
शनिबार, साउन २६ २०८१
images
एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकबीच सूचकमा अब्बल बन्ने प्रतिस्पर्धा, कुनको सेयर किन्दा के फाइदा?
images
images

काठमाडौं- पछिल्लो समय समग्र सेयर बजार बढ्ने क्रम जारी छ। सबै उपसमूहको सेयर मूल्य बढिरहेका छन्। त्यसमा बैंकहरूको सेयर मूल्य बढ्ने क्रममा छ। त्यसमध्ये पनि विगतका दोस्रो बजारका ‘हटकेट’ एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। 

images
images
images

बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। जसमा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक सेयरलगानीकर्तालाई लाभांश दिने क्षमताका हिसाबले पनि अब्बल नै देखिएका छन्। सोही कारण दुवै बैंकको सेयर मूल्य पछिल्लो एकवर्ष यताकै महँगो भइसकेको छ भने बढ्ने क्रम जारी छ।  

images
images

कुनै समय एभरेष्टको दोस्रो बजारमा ३८०० पुगेको थियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७००० रुपैयाँसम्म पुगेको थियो। पछि निरन्तर घटेर ३ सय रुपैयाँको हाराहारीसम्म आइपुगेको थियो। अहिले पुन: बढेर एभरेष्ट बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ६८२ रुपैयाँमा कारोबार भइरहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ६९९ रुपैयाँमा कारोबार भइरहेको छ। 

images
images

एभरेष्ट बैंक

एभरेष्ट बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष यस बैंकले ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ३ अर्ब ३६ करोड खुद नाफा गरेको थियो।

गत आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। यस बैंकले लगानीकर्तालाई २९.९ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने क्षमता रहेको छ। 

ebl 11.JPG

गत आर्थिक वर्ष यस बैंकको खराब कर्जा ०.०८ प्रतिशत आधार बिन्दुले मात्रै बढेको छ। अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा यस बैंकको गत वर्ष बढेर ०.७९ प्रतिशत कायम भएको छ। 

यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनमा बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ४१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। गत वर्ष ७७ करोड रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष घटेर २८ करोड कायम भएको छ। एभरेष्ट बैंक लिमिटेडको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ।  बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। 

स्ट्याण्डर्ड चार्टर्ड बैंक 

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो।

बैंकको विवरणअनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

scb 11.JPG

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ८ अर्ब ६३ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : शनिबार, साउन २६ २०८१०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend