सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पश्चिम नवलपरासीमा व्यावसायिक ड्रागनखेती विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २५ २०८१
पश्चिम नवलपरासीमा व्यावसायिक ड्रागनखेती विस्तार

बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौंलगायत स्थानमा पठाउन कृषि ज्ञान केन्द्रले सहजीकरण गर्ने गरेको छ।

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ। केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन्।

वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका-७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका छन्।

भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए। 

सात लाखको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए। यस वर्ष  बजारीकरणमा कुनै समस्या आएन भने सात लाख बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए।

जिल्लामा सातजना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताए।

बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौंलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उनले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन २५ २०८११५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend