शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

२०२१ मा बीएमडब्लूले बेच्यो हालसम्मकै धेरै कार, प्रिमियममा बन्यो पहिलो 

बुधबार, पुस २१ २०७८
२०२१ मा बीएमडब्लूले बेच्यो हालसम्मकै धेरै कार, प्रिमियममा बन्यो पहिलो 

वार्षिक रुपमा हुने बिक्री संख्यामा यो इतिहासकै सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ। 

काठमाडौं- जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको छ। कम्पनीले २०२१ मा बीएमडब्लूले २२ लाख कार बिक्री गरेको हो।

यो बीएमडब्लू ब्रान्डका कारको मात्र संख्या हो। वार्षिक रुपमा हुने बिक्री संख्यामा यो इतिहासकै सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ। 

यसअघि बीएमडब्लूले २०१९ मा धेरै कार बिक्री गरेको थियो। २०२१ विश्वभर सेमिकन्डक्टर अभावका बावजुत बीएमडब्लूले उक्त सफलता हात पारेको हो। 

‘बीएमडब्लूले २०२१ मा वार्षिक बिक्री संख्यामा इतिहासकै धेरै कार बिक्री गरेको हो,’ बीएमडब्लूका प्रवक्ताले भनेका छन्, ‘२०२१ मा बीएमडब्लूले २२ लाख कार बिक्री गरेको हो। यो विश्व प्रिमियम कार बजारमा बीएमडब्लूको अग्र स्थान पनि हो।’ 

बीएमडब्लू ग्रुप अन्तर्गत मिनी र रोल्स रोयस ब्रान्ड पनि छन्। २०२२ मा बीएमडब्लूका साथै मिनी र रोल्स रोयस ब्रान्डले समेत राम्रो प्रगति गर्ने कम्पनीले बताएको रोयटर्सले लेखेको छ। 

बीएमडब्लूका कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। लक्ष्मी प्रिमियमले बीएमडब्लूका विभिन्न मोडलका कार उपलब्ध गराउँदै आएको छ। 


प्रकाशित : बुधबार, पुस २१ २०७८१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend