सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

इन्द्रेणी मसरुम फर्म पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओसमेत जारी गर्दै

बिहीबार , साउन २४ २०८१
इन्द्रेणी मसरुम फर्म पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओसमेत जारी गर्दै

काठमाडौं- इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेड कम्पनीका रुपमा रुपान्तरण भएको छ। कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयरसमेत निष्कासनको तयारी गरेको छ।  

कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले च्याउ खेतीसँग सम्बन्धित केही सफल व्यावसायिक व्यक्तिहरुको लगानीमा मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट व्यवसायिक रुपमा गोब्रे च्याउ उत्पादन सुरु गरिएको छ। २०७१ सालबाट सुरु भएको फर्मलाई पब्लिक कम्पनी बनाएसँगै सर्वधारणलाई समेत आईपीओ दिने तयारी गरिएको हो। 

हाल व्यावसायिक रुपमा ५ प्रजातिको च्याउ खेती भइरहेको छ। गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ। उक्त बजारलाई मध्यनजर गर्दै यसबाट स्वास्थ्यलाई हुन सक्ने असंख्य लाभहरु तथा आर्थिक लाभसमेत लिन सक्ने भएकाले गोब्रे च्याउ उत्पादन गर्न कम्पनी स्थापित भएको थियो।

देशमा बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीमा युवा जनशक्ति पलायन हुने क्रममा यस इन्द्रेणी मुसरुम फर्मले प्रत्यक्ष तथा उप्रत्यक्ष रुपमा स्थानीय बासिन्दाहरुलाई रोजगारी तथा तीनका घर परिवारहरुलाई जीविकोपार्जन गरिरहेका छन्।

हाल यस संस्थामा विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीहरुबाट १४ करोड लगानी जम्मा गरी चित्लाङ्गको १९ रोपनी जग्गामा ११ वटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरि प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ। बजारमा हुने प्रतिदिन १५ हजार केजीको माग आपूर्तिमा सहजता पुग्नेगरि उत्पादन वृद्धि गर्न सर्वसाधारणहरुको तर्फबाट सहभागिता बढाउन रहेको कम्पनीको भनाइ छ।

निकट भविष्यमा यस कम्पनीले सेयर निष्कासन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुरको हेटौंडाबाट पनि व्यावसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बीउ र सामाग्री बिक्री केन्द्र खोलि बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीको योजना छ।

चित्लाङ र हेटौडाबाट उत्पादन सुरु भएपश्चात दैनिक २ हजार ५ सय केजीभन्दा माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने दाबी कम्पनीको छ।


प्रकाशित : बिहीबार , साउन २४ २०८११०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend