मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

पाँच वर्षयताकै उच्च लाभांश घोषणा गरेको एशियन लाइफ इन्स्योरेन्सको बुक क्लोज कहिले? (यस्तो छ वित्तिय विश्लेषण)

images
बिहीबार , पुस २२ २०७८
images
images
पाँच वर्षयताकै उच्च लाभांश घोषणा गरेको एशियन लाइफ इन्स्योरेन्सको बुक क्लोज कहिले? (यस्तो छ वित्तिय विश्लेषण)
images
images

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २७ प्रतिशत लाभांश प्रस्ताव गरेपछि सेयर मूल्य भने खासै बढ्न सकेको छैन।

images
images

इन्स्योरेन्सले २५ प्रतिशत सेयर र २ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। इन्स्योरेन्सले अहिलेसम्म साधारणसभा र बुक क्लोजको मिती तोकेको छैन। लगातार नाफामा वृद्धि गर्दै गएको इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधीमा भन्दा २.३८ प्रतिशले बढी हो। 

images
images

कम्पनीले यो अत्रवधिमा १ अर्ब ५९ करोड ७० लाख कुल बीमाुशल्क आर्जन गरेको छ। दुई अर्ब १ करोड चुक्तपूँजी रहेको कम्पनीको बोनस सेयर पछि चुक्तापूँजी २ अर्ब ५१ करोड पुग्ने छ। इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १९.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.३ रुपैयाँ रहेको छ। 

images
images
images

इन्स्योरेन्सको बुधबार ११६९.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। प्रतिकित्ता १०.१० रुपैयाँले घटेको छ। इन्स्योरेन्सले ५२ हप्तामा अधिकतम मूल्य १५६५ रुपैयाँ रहेको थियो। भने न्यूनतम ९०३ रुपैयाँ रहेको थियो। कम्पनीको १८० दिनको औषत मूल्य १२९४ रुपैयाँ रहेको छ। गत वर्ष कम्पनीले १ः०.६ रेसियोमा हकप्रद जारी गरेको छ। 

कम्पनीले अहिलेसम्म सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत लाभांश दिएको थियो। भने सबैभन्दा थोरै २०७३/७४ मा ४.२१ प्रतिशत लाभांश दिएको थियो।

यसवर्ष पाँच वर्षयताकै धेरै लाभांश घोषणा गरेको छ। कम्पनीको २३ अर्ब ५२ करोड बजार भ्यालु पुगेको छ। कम्पनीको २ करोड १० लाख कित्ता सेयर सूचीकृत रहेको छ। 

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा ९८ करोड ५९ लाख ३१ हजार र जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड २९ लाख सञ्चित गरेको हो। 


प्रकाशित : बिहीबार , पुस २२ २०७८०१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend