सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बारामा ९८ प्रतिशत रोपाइँ

मंगलबार, साउन २२ २०८१
बारामा ९८ प्रतिशत रोपाइँ

जिल्लाका किसानले ४५ हजार ९९ दशमलव छ हेक्टरमा रोपाइँ सम्पन्न गरेका छन्।

कलैया- बाराका अधिकांश भागमा रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार ९८ प्रतिशत रोपाइँ समाप्त भएको छ। 

यस वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा बर्खे, भदैया, अगहनी धान रोपाइँ भएको केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए। जिल्लाका किसानले ४५ हजार ९९ दशमलव छ हेक्टरमा रोपाइँ सम्पन्न गरेका छन्।

हर्दिनाथ-१, चैते-२, चैते-४, राधा-४ जातका भदैया, सवा मन्सुली, राधा-११, ९, ७ जातका अगहनी धान, ३४ हजार एक सय २० हेक्टर क्षेत्रफलमा रोपिएको छ। कृषियोग्य ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य छ।

गत वर्ष २०८०/८१ मा किसानले बर्खेधान, भदैया र अगहनीसहित विभिन्न जातका ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती भएको थियो। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend