शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा लगातार उछाल, कारोबार रकम कीर्तिमाननजिक

images
सोमबार, साउन २१ २०८१
images
सेयर बजारमा लगातार उछाल, कारोबार रकम कीर्तिमाननजिक
images
images

काठमाडौं- बढ्दो क्रममा रहेको सेयर बजारमा कारोबार रकम कीर्तिमाननजिक पुगेको छ। गएको १६ गते बुधबार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकोमा आज सोमबार २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्मकै सर्वाधिक दोस्रो कारोबार हो।

images
images
images

त्यसअघिको सर्वाधिक कारोबार भने २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँको भएको थियो। कारोबार रकममा भइरहेको वृद्धि हेर्दा बजार कीर्तिमानी उचाइतर्फ बढिरहेको विश्लेषकहरू बताउँछन्। 

images
images

सोमबार ४०.७६ अंकले बढेर बजार २७९६.३८ बिन्दुमा पुगेको छ। १६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

लगानीकर्ताहरू विश्वस्त देखिँदा गएको साता पनि समग्रमा तीन दिन बढेर दुई दिन करेक्सन देखिएको बजारमा १८६.९६ अंकको वृद्धि देखिएको थियो। त्यसअघिको साता बजारमा १४३.७७ अंकको वृद्धि देखिएको थियो। त्यसअघि २१९.६९ अंकको वृद्धि देखिएको थियो। गएका तीन सातामा नै बजारमा ५५०.३६ अंकको वृद्धि भएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखिएको थियो। त्यसयता पनि लगातार बजार बढिरहेको छ।

२०७८ भदौ २ गतेको कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिलेको लगातारको वृद्धिले पार गर्ने संगठित लगानीकर्ताहरूले बताइरहेका छन्। उक्त दिन नेप्सेमा २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो।

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर उचाइतर्फ लागेको छ। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्।

यी हुन् अहिलेसम्मका सर्वाधिक ७ कारोबार

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन २१ गते - २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८१ साउन १४ गते - १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ


प्रकाशित : सोमबार, साउन २१ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend