बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

images
शनिबार, साउन १९ २०८१
images
images
नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

मन्त्रालयका अनुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब रूपैयाँ विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।

images
images

काठमाडौं- नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरिएको छ।

images
images

करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

images
images

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, 'मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।'

images
images
images

च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानूनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए। १ साउन २०८० देखि यो प्रणाली लागु भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार पछि हट्ने संकेत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए।

सुरुवाती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन्।

उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन्।

मन्त्रालयका अनुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब रूपैयाँ विदेशी मुद्रा सिफारिस हुन सकेको छैन। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend