शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पहिरोले स्याफ्रुबेसी रसुवागढी सडकखण्ड अवरुद्ध, रोकिए मालवाहक कन्टेनर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २० २०७८
images
पहिरोले स्याफ्रुबेसी रसुवागढी सडकखण्ड अवरुद्ध, रोकिए मालवाहक कन्टेनर

स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याएर पहिरो पन्छाइँदै छ।

images
images

रसुवा- सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका-३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट मंगलबार आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो।

images
images
images

राजमार्ग अवरुद्ध भएपछि मालवाहक कन्टेनर बाटोमा नै रोकिएका छन्। 

images
images

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए। यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए। पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, पुस २० २०७८१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend