सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

रोपेको एक महिनामै फेद कुहिएर मर्न थाले धान, समस्यामा किसान

बिहीबार , साउन १७ २०८१
रोपेको एक महिनामै फेद कुहिएर मर्न थाले धान, समस्यामा किसान

जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट नहुन थालेको हो।

ढोरपाटन- बागलुङमा धानमा फेद कुहिने रोग देखिएको छ। डाँठ पहेँलो भएर सुक्ने गरेको छ। सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन्। धान रोपेको एक महिनामै फेद कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका छन्।

जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट नहुन थालेको हो। धान गोड्ने बेलामा फेद कुहिन थालेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकको टोली नै खटिएको छ।

प्राविधिकको टोली खेतमै पुगेर रोगको पत्ता लगाइ नियन्त्रण गर्न थालिएको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिए। धान मर्न थालेको किसानको गुनासो आएपछि नियन्त्रणमा लागेको उनले बताए। बागलुङ नगरपालिका-१२, १३ र १४ र जैमिनी नगरपालिकाको अधिकांश क्षेत्रमा फेद कुहिने रोग लागेको छ। 

रोगको पहिचान भएपछि किसानलाई ढुसीनाशक विषादी ‘कार्वन्डा’ प्रयोगका लागि सुझाएको भन्दै यो गरो नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उनी बताउँछन्। रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नुपर्ने अधिकारीले जानकारी दिए। यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उनी बताउँछन्।

उनले भने, 'किसानको गुनासो आएपछि हामी सम्बन्धित ठाउँमा पुगेर अध्ययन गरिरहेका छौँ, जहाँ पुगेका छौँ, त्यो ठाउँमा एकै नाशको लक्षण देखिएको छ, यो फेद कुहिने रोग हो, बलेवा, पैयूँपाटा, सिगाना क्षेत्रमा बढी देखिएको छ, जैमिनीको ५० प्रतिशत क्षेत्रमा लगाएको धानमा यो समस्या छ, रोग समयमै नियन्त्रण भएन भने उत्पादनमा धेरै गिरावट आउने देखिन्छ।'

गत असार दोस्रो साता लगाएको धान अहिले पूरै मर्न थालेको बागलुङ नगरपालिका-१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताए। फेद कुहिने रोगले धान सखाप भएको र यसको समाधान नभए बिउसमेत जोगाउन मुस्किल पर्ने उनको भनाइ छ।

एक हप्ता अगाडिसम्म पानी लगाउँदै आएको र राम्रोसँग जाग्दै गएपछि केही दिनदेखि कुहिने समस्या आएको पौडेल बताउँछन्। धेरै वर्षपछि धानमा यो समस्या देखिएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend