शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बैंक वित्तीय संस्थाहरूले आउँदो सोमबार गतवर्षको वित्तीय विवरण प्रकाशित गर्ने

images
बिहीबार , साउन १७ २०८१
images
बैंक वित्तीय संस्थाहरूले आउँदो सोमबार गतवर्षको वित्तीय विवरण प्रकाशित गर्ने
images
images

काठमाडौं- बैंक वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आउँदो २१ गते सोमबार सार्वजनिक गर्ने भएका छन्।

images
images
images

गत असार मसान्तसम्म पाकेको ब्याज गतवर्षकै अन्तिम वित्तीय विवरणमा समावेश गर्न वा चालु आर्थिक वर्षको वित्तीय विवरणमा समावेश गर्नसक्ने सुविधा दिएपछि वाणिज्य बैंकहरूले आउँदो सोमबार आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न लागेका हुन्।

images
images

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई गत असार मसान्तसम्म पाकेको ब्याज चालु आर्थिक वर्षको साउन मसान्तसम्म असुली भएमा थप ब्याज आम्दानीमा देखाउन पाउने सूचना जारी गरिसकेको छ। विगतमा साउन १५ गतेसम्मको ब्याज आम्दानीलाई अघिल्लो वर्षको वित्तीय विवरणमा समावेश गर्न पाउने सुविधा रहेको थियो।

images
images

अर्थतन्त्रमा देखिएको शिथिलताले असुली प्रभावित भएपछि बैंक वित्तीय संस्थाहरूको खराब कर्जा निरन्तररुपमा बढेको थियो। खराब कर्जा बढ्दा बैंकहरूको प्रोभिजनिङ बढ्न गइ वितरणयोग्य नाफा र पुँजीकोषमा उच्च दबाब थियो। 

बैंकहरूको खराब कर्जा असुलीको दबाब कम गर्न राष्ट्र बैंकले खराब कर्जासम्बन्धी प्रावधानहरूमा समेत खुकुलो नीति लिएको छ। असल वर्गमा रहेको कर्जाको प्रोभिजिनिङ १.१ प्रतिशतमा कायम गर्नुका साथै साँवा ब्याज नियमित हुनासाथ सुक्ष्म निगरानीमा राखेर ५ प्रतिशत मात्रै प्रोभिजनिङ गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। विगतमा कर्जा नियमित भएको ६ महिनापछि मात्रै असल कर्जामा वर्गीकरण गर्न पाउने व्यवस्था रहेको थियो। 

यस व्यवस्थाले बैंकहरूको नाफा बढाउनुको साथै पुँजीकोषमा रहेको दबाब हटाउन मद्दत गर्ने देखिन्छ। राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गरेर थप प्रस्ट पारेकाले साउन २१ गतेभित्र नै वित्तीय विवरण प्रकाशन गर्ने तयारी रहेको एक बैंकर्सले बताए। 

'बैंक वित्तीय संस्थाहरूले आउँदो २१ गते वित्तीय विवरण सार्वजनिक गर्ने भएका छन्। विगतमा सोही अवधिमा नै वित्तीय विवरण सार्वजनिक गर्दै आएका थिए। साउन मसान्तसम्म गतवर्ष पाकेको ब्याजलाई सोही वर्षको वित्तीय विवरण वा चालु आर्थिक वर्षको वित्तीय विवरणमा समावेश सुविधा दिएकाले साउन २१ गते नै ल्याउने तयारी भएको हो। यसै पनि अब बाँकी समयमा धेरै कर्जा असुली हुने सम्भावना छैन', उनले बताए।


प्रकाशित : बिहीबार , साउन १७ २०८११२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend