शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
बुधबार, साउन १६ २०८१
images
४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरुको पुँजीकोषमा सहजीकरण गर्ने नीति लिएको छ।

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ४० अर्ब तरलता खिच्ने भएको छ। आज दिउँसो ३ बजेसम्म बैंक वित्तीय संस्था बोलकबोलमा सहभागी हुन पाउने छन्।

images
images
images

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा करिब ७ खर्बको हाराहारीमा लगानीयोग्य रकम रहेको छ। बढ्दो तरलता र घट्दो ब्याजदर भएपनि कर्जाको माग न्यून हुँदा बैंकिङ प्रणालीमा अधिक तरतला रहेकाले राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्न लागेको हो।

images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरुको पुँजीकोषमा सहजीकरण गर्ने नीति लिएको छ।

images
images

पुँजीकोषको दबाब कम गर्न राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनिङ १.२० प्रतिशतबाट घटाएर १.१ प्रतिशत, रेगुलेटरी रिटेल पोर्टफोलियो सीमा २ करोडबाट बढाएर २.५ करोड, कुल पुँजीकोषको दोबरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा उपुक्त रिभर्ज रकमहरु टायर टु क्यापिटल रुपमा गणना गर्न सकिने व्यवस्था गरेको छ।

यस्तै निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्रै असर वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई केही लचकता अपनाउँदै ६ महिनासम्म सुक्ष्म निगरानी वर्गमा राख्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले बैंकहरुको खराब कर्जामा कमी आउने देखिएको छ।

यसका साथै निर्माण व्यवसायीको कर्जालाई पुनर्तालिकीकरण र चेक अनादरमा राष्ट्र बैंकले उदार देखिएको छ। राष्ट्र बैंकको उक्त व्यवस्थाहरुले बैंक वित्तीय संस्थाहरुमा देखिरहेको खराब कर्जा, वितरणयोग्य नाफा ऋणात्मक र पुँजीकोषको समस्या कम हुने देखिन्छ।

यसका साथै राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ०.५ प्रतिशत बिन्दुले घटाएर ६.५ प्रतिशत, नीतिगत दर ०.५ प्रतिशत आधार बिन्दुले घटाएर ५ प्रतिशत र निक्षेप संकलन दरलाई ३ प्रतिशतमै निरन्तरता दिएको छ। ब्याजदर अझै घटाएर कर्जा विस्तार गर्न सकिने राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई सन्देश दिएको छ।


प्रकाशित : बुधबार, साउन १६ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend