शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

व्यापक उतारचढावबीच पुन: वृद्धितर्फै लाग्यो सेयर बजार, १७ अर्ब २६ करोडको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १५ २०८१
images
व्यापक उतारचढावबीच पुन: वृद्धितर्फै लाग्यो सेयर बजार, १७ अर्ब २६ करोडको कारोबार
images
images

काठमाडौं- एकदिनको करेक्सनपछि सेयर बजारमा पुन: वृद्धि देखिएको छ। व्यापक उतारचढावबीच मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो। 

images
images
images

लगानीकर्ताहरू विश्वस्त देखिँदा यो साता पहिलो कारोबारमा आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेर ११३.०७ अंकले बढेको सेयर बजारमा सोमबार भने २०.६३ अंकले घट्दै करेक्सन देखिएको थियो। 

images
images

मंगलबार ३५.५५ अंकले बढेर बजार २६९६.६५ बिन्दुमा पुगेको छ। १८९ कम्पनीको सेयर मूल्य बढेको बजारमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ। ४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखिएको थियो।  

२०७८ भदौ २ गतेको नेप्से हालसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। त्यसपछि लगातार घटेर १८ सयको बिन्दुमा आइपुगेको थियो। १८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले उचाइतर्फ लागेको हो। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, साउन १५ २०८११५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend