शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकीले २०२१ मा भारतबाट निर्यात गर्‍यो हालसम्मकै सर्वाधिक कार, नेपाल पनि राम्रो बजार

मंगलबार, पुस २० २०७८
सुजुकीले २०२१ मा भारतबाट निर्यात गर्‍यो हालसम्मकै सर्वाधिक कार, नेपाल पनि राम्रो बजार

भारतबाट सुजुकीले विश्वभर २०२१ मा २ लाख ५ हजार ४ सय ५० वटा कार निर्यात गरेको हो। 

काठमाडौं- भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले २०२१ मा हालसम्मकै धेरै कार निर्यात गरेको छ। भारतबाट सुजुकीले विश्वभर २०२१ मा २ लाख ५ हजार ४ सय ५० वटा कार निर्यात गरेको हो। 

यो संख्याको वार्षिक निर्यात सुजुकीले भारतबाट पहिलो पटक गरेको कम्पनीले जनाएको छ। ‘यो उपलब्धि विश्वभरका उपभोक्ताले सुजुकीलाई गरेको विश्वस नै हो,’ मारुती सुजुकी इन्डिायाका एमडी तथा सीईओ किनिची अयुकावाले भनेका छन्, ‘मारुती सुजुकीले उत्पादन गरेका गुणस्तरीय कार, प्रविधि, विश्वसनीयता, पर्फरमेन्स तथा तुलनात्मक रुपमा सस्तो मूल्यमा पाइने कार नै उपभोक्ताको राजाइमा पर्नुको कारण हो।’ विश्व बजारका उपभोक्ताको राजाइमा परि रहन मारुती सुजुकीले थप परिस्क्रित कारहरु उत्पादन गर्दै जाने उनको भनाइ छ। 

भारतबाट मारुती सुजुकीका करिब १५ मोडलका कार निर्यात हुँदै आएको छ। यसमा हालै सार्वजनिक भएको नयाँ भर्सनको जिम्नी, अल न्यू सेलेरियोलगायत कार छन्। २०२१ भारतबाट धेरै निर्यात हुने ५ मोडलमा बोलेनो, डिजायर, स्वीफ्ट, एस-प्रेसो र ब्रेजा हुन्। 

मारुती सुजुकीले भारतबाट १९८६/८७ बाट कार निर्यात सुरु गरेको थियो। मारुती सुजुकीको पहिलो निर्यात हंगेरीमा भएको थियो। हाल सुजुकीका कार भारतबाट विश्वभरका १ सयभन्दा बढी देशमा निर्यात हुँदै आएको छ। हालसम्म कम्पनीले भारतबाट २१ लख ८५ हजार कार निर्यात गरिसकेको छ। 

मारुती सुजुकीका कार ल्याटिन अमेरिकी मुलु्क, आसियान देश, अफ्रिका, मध्यपूर्व तथा भारतका छिमेकी देशमा धेरै रुचाइएको छ। भारतको छिमेकी मुलुक नेपालमा पनि मारुती सुजुकीको कार लोकप्रिकय रहेका छन्। 

नेपालमा सुजुकीका कार सीजी मोटोकर्पले आयात गर्दै आएको छ। सुजुकीका अल्टो, भिटारा ब्रेजा, डिजायर, सेलेरियो, स्वीफ्ट, सियाज, एस-प्रेसो, इकाे, ओम्नी भ्यान, वेगनआर, जीम्नीलयागतका कार नेपाली बजारमा धेरैको रोजाइमा पर्दै आएको छ। नेपाल मारुती सुजुकीको राम्रो कार बजार मध्येको एक हो।  


प्रकाशित : मंगलबार, पुस २० २०७८०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend