शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मुद्दतीभन्दा बढी ब्याज पाउने वैदेशिक बचतपत्र प्रविधिमैत्री नभएको राष्ट्र बैंकको निष्कर्ष, प्रक्रियागत सुधारमा जोड

images
सोमबार, साउन १४ २०८१
images
मुद्दतीभन्दा बढी ब्याज पाउने वैदेशिक बचतपत्र प्रविधिमैत्री नभएको राष्ट्र बैंकको निष्कर्ष, प्रक्रियागत सुधारमा जोड

हाल बचतपत्र वर्षको एक पटक निष्कासन भइ बिक्री नभएपनि बन्द हुने गरेको छ। यस व्यवस्थालाई परिमार्जन गरी वर्षको सुरुवातमै बचतपत्र निष्कासन गर्ने र बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारी बचतपत्रलाई प्रविधिमैत्री बनाउन सुझाव दिएको छ। मुद्दती निक्षेपको भन्दा बढी ब्याजदर दिएर सरकारले विदेशमा रहेका नेपालीहरूबाट ऋण संकलन गर्ने उद्देश्यसहित हरेक वर्ष बचतपत्र खरिदका लागि आह्वान गरेपनि यसप्रति सर्वसाधारणको चासो कम छ। 

images
images
images

राष्ट्र बैंकले वैदेशिक रोजगारी बचतपत्रमा न्यून आकर्षण हुनुमा प्रमुख कारण प्रविधि रहेको बताएको छ। प्रविधिमैत्री बनाउनुका साथै राष्ट्र बैंकले केही नीतिगत र प्रक्रियागत सुधारमा समेत जोड दिएको छ। 

images
images

वैदेशिक रोजगार बचतपत्रको अभौतीकरण गर्नुका साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले सुझाव दिएको छ। 

images
images

वैदेशिक रोजगारी बचतपत्रको खरिद बिक्री प्रक्रिया पूर्णरुपमा अनलाइन माध्यमबाट गर्नसक्ने व्यवस्था मिलाउनुको साथै विदेश स्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न सक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सुझाव दिएको छ। 

बचतपत्र कारोबारमा गन्तव्य मुलुकले रोक लगाएमा श्रम सम्झौतामार्फत समाधान गर्न राष्ट्र बैंकले सुझाव दिएको छ। 

नेपालमा रहेका र विदेशमा रहेका नेपालीहरूलाई फरक फरक प्रकृतिको बचतपत्र निकाल्ने विद्यमान व्यवस्थालाई हटाएर सबैलाई एकै प्रकारको बचतपत्र र एउटै ब्याजदर निर्धारण गरी निष्कासन गर्न राष्ट्र बैंकले सरकारलाई आग्रह गरेको छ।

नीतिगत सुधार गरी बचतपत्रमार्फत प्राप्त हुने ऋणलाई पूर्वाधार विकासमात्रै लगाउन राष्ट्र बैंकले सुझाव दिएको छ।

यस्तै प्रक्रियागत सुधारतर्फ राष्ट्र बैंकले बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा सोझै सर्वसाधारणको खातामा जम्मा हुने व्यवस्था मिलाउन, बचतपत्र खरिदसँगै प्रमाणपत्र अनलाइनबाट तत्कालै प्राप्त हुने व्यवस्था मिलाउन र भारतमा जाने श्रमिकलाई ध्यानमा राखेर सीमा नाकानजिक रहेका मनिचेञ्जरलाई समेत बचतपत्रको सूचना तथा बिक्री केन्द्र विकास गर्न सुझाव राष्ट्र बैंकले दिएको छ। 

हाल बचतपत्र वर्षको एक पटक निष्कासन भइ बिक्री नभएपनि बन्द हुने गरेको छ। यस व्यवस्थालाई परिमार्जन गरी वर्षको सुरुवातमै बचतपत्र निष्कासन गर्ने र बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउन आग्रह गरिएको छ। 

समाजिक सञ्जाल, वैदेशिक रोजगार विभाग, मेनपावर व्यवसायी, कुटनीतिक नियोग तथा दूतावास, रेमिट कम्पनीलगायतका माध्यमबाट प्रचारप्रसार, अभिमुखीकरण तालिम र अन्तरक्रिया लगायतका गतिविधि गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।


प्रकाशित : सोमबार, साउन १४ २०८११७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend