शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न विवेकशील साझाको माग 

images
मंगलबार, पुस २० २०७८
images
नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न विवेकशील साझाको माग 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने भएको छ। 

images
images

काठमाडौं- विवेकशील साझा पार्टीले नेपाली रुपैयाँको नोटमा पृथ्वीनारायण शाको तस्बिर राम्न माग गरेको छ। 

images
images
images

साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाको योगदानलाई कदर गर्दै सम्झना गर्नुपर्ने माग गरिएको छ। 

images
images

पुस २७ गते राष्ट्रिय एकता दिवसलाई नेपाल दिसवसका रुपमा मनाउनुपर्ने साझाको धारणा रहेको छ। 

images
images

'संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको  दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ' विज्ञप्तिमा उल्लेख गरिएको छ'नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ।'

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने भएको छ। 

 


प्रकाशित : मंगलबार, पुस २० २०७८०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend