मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

नबिल एनबी बैंक मर्जर : बंगलादेशमा लगानीकर्तालाई सूचना दिइयो, नेपालमा गुपचुप 

images
मंगलबार, पुस २० २०७८
images
images
नबिल एनबी बैंक मर्जर : बंगलादेशमा लगानीकर्तालाई सूचना दिइयो, नेपालमा गुपचुप 

मर्जरपछि २९ अर्ब चुक्ता पुँजी पुग्ने बैंकको एकीकृत कारोबार बैशाख देखि गर्ने तयारी छ।

images
images

काठमाडौं- सारिका चौधरीलाई बंगलादेश बैंकमा रहेको आईएफआईसी ४१ प्रतिशत सेयर बिक्रीको लागि एमओयू अन्तिम चरणमा रहेको जानकारी गराएको छ।

images
images

नेपाल बाट नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा खरिदकर्ता चौधरी समूहले सूचना गोप्य राखिरहेका बेला बंगलादेशबाट आईएफआईसीका कम्पनी सचिवले  विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।  

images
images

कुन कम्पनीसँग सम्झौता हुँदै छ भन्ने पूर्ण जानकारी नगराए पनि बंगलादेशमा रहेका लगानीकर्ताहरूलाई जानकारी गराएको छ।

images
images
images

सारिका चौधरीले ६ अर्ब भन्दा बढीमा उक्त सेयर खरिद गरेकी छन्। यता बंगलादेश बैंक र नबिल बैंक दुवैले मर्जका लागि मर्जर समिति बनाइसकेका छन्। दुवैले प्रस्ताव ल्याएपछि स्वाप रेसियो लगायत विषय टुंगो लाग्ने छ। 

मर्जरपछि २९ अर्ब चुक्ता पुँजी पुग्ने बैंकको एकीकृत कारोबार बैशाख देखि गर्ने तयारी छ।

तर यो सब प्रक्रियामा नेपालमा रहेका कुनै पनि कम्पनीले जानकारी गराएका छैनन्। सेयर बजारमा मूल्य प्रभाव पार्ने भए पनि गुपचुप काम गरिएको छ। यद्यपि अनौपचारिक सूचना भने पहिलेदेखि नै बाहिरिएको हो। 


प्रकाशित : मंगलबार, पुस २० २०७८०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend