सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कैलालीमा महिलालाई जीविकोपार्जनमा सघाउन बंगुरका पाठापाठी वितरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १३ २०८१
कैलालीमा महिलालाई जीविकोपार्जनमा सघाउन बंगुरका पाठापाठी वितरण

आर्थिक वर्ष २०८०/८१ मा ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबंगुरको पाठी ५ हजार ५ सय १२ रुपैयाँ र पाठो ६ हजार ६३ रुपैयाँका दरले खरिद गरी वितरण गरिएको बताएको छ।

कैलाली- कैलालीका कृषि सहकारी समूहमा आबद्ध ५ सय ४८ विपन्न महिलालाई बंगुरका पाठापाठी वितरण गरिएको छ।
 
कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बंगुरका पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

जिल्लामा सञ्चालित २३ वटा कृषि सहकारी संस्थामा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई एक-एकवटाका दरले पाठापाठी वितरण गरिएको हो।

विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, कमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ४८ वटा उन्नत जातका बंगुरका पाठापाठी वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए। कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा पाठा वितरण गरिएको उनले जानकारी दिए। 

बंगुरका पाठापाठी वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै  व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताए। विपन्न महिलालाई व्यावसायिक बंगुरपालनतर्फ आकर्षित गर्न पाठापाठीसँगै तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए। 

आर्थिक वर्ष २०८०/८१ मा ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबंगुरको पाठी ५ हजार ५ सय १२ रुपैयाँ र पाठो ६ हजार ६३ रुपैयाँका दरले खरिद गरी वितरण गरिएको बताएको छ।

आव २०७७/७८ मा एक सय ७०, २०७८/७९ मा छ सय ५८ र २०७९/८० मा सात सय ९८ वटा बंगुरका व्यावसायिक फर्म कैलालीमा दर्ता भएका केन्द्रले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend