शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टेस्लाले २०२१ मा बेच्यो ९ लाख ३६ हजार कार, नेपालमा कति आए

मंगलबार, पुस २० २०७८
टेस्लाले २०२१ मा बेच्यो ९ लाख ३६ हजार कार, नेपालमा कति आए

नेपालमा विद्युतीय कारमा भन्सार न्यून रहेको र अन्तःशुल्क नलाग्ने भएकाले टेस्लालयागत विभिन्न ब्रान्डका विद्युतीय कार उपलब्ध हुँदै आएका छन्। 

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले २०२१ मा विश्वभर ९ लाख ३६ हजार १ सय ७२ वटा कार बिक्री गिरेको छ। २०२१ मा कम्पनीले ९ लाख ३० हजार ४ सय २२ वटा कार उत्पादन गरेको थियो भने बाँकी २०२० मा उत्पादन भएका स्टक कार थिए। 

टेस्लाले २०२१ मा १ मिलियन (१० लाख) कार बिक्री गर्ने लक्ष्य राखेको थियो। तर कोरोना महामारीका कारण उत्पन्न सेमिकन्डक्टर, पार्टस् लगायतको अभावले उक्त लक्ष्य भेट्टाउन भने सकेन। यद्यपी टेस्ला २०२१ को चौथो त्रैमासमा हालसम्मकै धेरै कार बिक्री गर्न सफल भएको हो। 

टेस्लाले २०२१ को चौथो त्रैमासमा ३ लाख ८ हजार ६ सय वटा कार उपभोक्तालाई हस्तान्तरण गरेको थियो। चीनको सांघाईमा रहेको र अमेरिकामा रहेको गिगा फ्याक्ट्रीबाट चौथो त्रैमासमा ३ लाख ५ हजार ४ सय २२ वटा कार उत्पादन गरेको थियो। 

२०२० मा टेस्लाले ५ लाख ९ हजार ७ सय ३७ वटा कार उत्पादन गरेकोमा बिक्री भने ४ लाख ९९ हजार ५ सय ५० वटा मात्र गरेको थियो। टेस्लाले सबैजसो सवारी अडर आएपश्चात मात्र उत्पादन गर्ने दाबी गर्दै आएको छ। 

टेस्लाले २०३० अगावै वार्षिक २० मिलियन (२ करोड) कार उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका सीईओ एलन मस्कले केही समयअघि ट्वीटरमा लेखेका थिए। तर हालसम्म कुनै पनि कार उत्पादकले एकै वर्ष २ करोड कार उत्पादन गर्न सकेको रेकर्ड छैन। 

विश्वका ठूला कार उत्पादक टोयोटा, फक्सवागन जस्ता कम्पनीले समेत हालसम्म वार्षिक १ करोडभन्दा बढी संख्यामा कार उत्पादन गर्न सकेका छैनन्। यी कार उत्पादकसँग दर्जनौं मोडलका कार विश्वभर बिक्री हुँदै आएका छन्। यता टेस्लासँग हाल ४ वटा मोडल उत्पादनमा रहेको र केही मोडल आउने क्रममा रहेको छ। 

चीन विश्वको सबैभन्दा ठूलो कार उपभोक्ता बजार हो भने दोस्रोमा अमेरिका। अमेरिकामा हाल वार्षिक १ करोड ५० लाख कार बिक्री हुँदै आएको छ। विश्वभर विद्युतीय कारको प्रयोग तथा उत्पादन बढ्दै गइरहेको छ। 

२०२१ मा नेपालमा समेत करिब डढे दर्जन टेस्लाका कार बिक्री भएको छ। विद्युतीय कारमा भन्सार न्यून रहेको र अन्तःशुल्क नलाग्ने भएकाले टेस्लालयागत विभिन्न ब्रान्डका विद्युतीय कार उपलब्ध हुँदै आएका छन्। 


प्रकाशित : मंगलबार, पुस २० २०७८०३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend