सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ९ २०८१
परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बराबरको सहयोग परिचालन गरिने छ। कार्यक्रममा समिति र पालिकाको समान रकम लगानी हुनेछ।

चितवन- चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत बाली विस्तार गरिने भएको छ। 

चेपाङको जीवनस्तर उकास्न नगरपालिकाले हेफर इन्टरनेशनल महिला समन्वय समितिसँगको सहकार्यमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम विस्तार गर्न लागेको हो।
 
नगरप्रमुख विनोद रेग्मीका अनुसार कालिका नगरपालिका-९, १० र ११ मासैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ, रन्तेस, छेरवाङ, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिडालु खेती गरिने छ।

साथै कागनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङ पनि लगाइने छ। कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बराबरको सहयोग परिचालन गरिने छ। कार्यक्रममा समिति र पालिकाको समान रकम लगानी हुनेछ। 

स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए। उनले भने, 'हामी परम्परागत बाली लगाएर बजारीकरणमा सहयोग गर्छाैं।'

प्रभावकारिताका आधारमा रकम थप गरिने उनले बताए। दुई सयभन्दा बढी परिवार यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend