मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

ग्लोबल आईएमई बैंक १६औँ वर्षमा प्रवेश

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १८ २०७८
images
images
ग्लोबल आईएमई बैंक १६औँ वर्षमा प्रवेश

१६ औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

images
images

काठमाडौं-  ग्लोबल आईएमई बैंक लिमिटेड आइतबारदेखि स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । 

images
images

१६ औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

images
images

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए। 

images
images
images

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए। 

हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत उत्कृष्ट बैंकिङ्ग सेवा दिइरहेको छ।  बैंकमा ३ हजार २०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहकहरु छन्। 

 


प्रकाशित : आइतबार, पुस १८ २०७८१३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend